

बिर्तामोड । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले देशका ५० वटा स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर वितरणकार्य सुरु गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज अन्तरगत स्थापित एक्सपर्ट फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा नेपालका छानिएका ५० स्वास्थ्य संस्थाहरुलाई १–१ वटा कन्सन्ट्रेटर वितरण गर्न सुरु गरेको हो ।
आइतबार झापाको बिर्तामोडस्थित ५ वटा कन्सन्ट्रेटर वितरण गरिएको थियो ।

एक्सपर्टको शाखा कार्यालयमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बिर्तामोडका नगरप्रमुख ध्रुबकुमार शिवाकोटी, वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधाराका नगरप्रमुख हरिकुमार राना, बुद्धशान्तिका अध्यक्ष रमेशकुमार भुजेल र मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु मार्फत आआफ्नो क्षेत्रमा रहेका स्वस्थ्य केन्द्रका लागि कन्सन्ट्रेटर हस्तान्तरण गरिएको फाउण्डेसनका अध्यक्ष रोशन कडेलले जानकारी दिए ।
प्रतिगोटा दुई लाख रुपैयाँ पर्ने ती अक्सिजन कन्सन्ट्रेटरहरु झापाका ५ वटा स्वास्थ्य केन्द्रबाट वितरण सुरु गरिएको विरतणकार्य धनगढीसम्मका स्वास्थ्य केन्द्रहरु ५० मध्ये परेका छन् । एक्सपर्टको स्थानीय शाखाको संयोजनमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिने एक्सपर्टका संचालक सदस्य खेम संग्रौलाले बताए ।
सामग्री ग्रहणपछि बिर्तामोडका नगरप्रमुख शिवाकोटी र मेचीनगर १० का वडाध्यक्ष पनेरुले एक्सपर्टको सहयोगबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटरले अब धेरै बिरामीको ज्यान बचाउन मद्धत पुग्ने विश्वास गर्दै दाता एक्सपर्ट फाउण्डेसनप्रति आभार व्यक्त गरे ।
एक्सपर्ट फाउण्डेसनका सचिव तथा एक्सपर्ट बिर्तामोड कार्यालयका प्रमुख कृष्ण शर्माले सञ्चालन गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा एक्सपर्टका कर्पोरेट म्यानेजर विकास ज्ञवालीको भनाई अनुसार ‘गतवर्षको कोरोना कहरमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई डेढ करोड रुपैयाँ बराबर राहत प्रदान गरिएको थियो आज वितरण गरिएको १० लिटर क्षमताका ती अक्सिजन कन्सन्ट्रेटरले दुईजना बिरामीलाई २४ सै घण्टा अक्सिजन आपूर्ति गर्दछ ।’


