Aamsanchar

हल्दिबारीमा कालोपत्रे सडक सञ्जाल बढदै

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

हल्दिबारी । हल्दिबारी मा २०७४ को स्थानीय तह निर्वाचन जितेर जनप्रतिनिधि आए पछि हल्दिबारीको स्वरूप परिवर्तन हुने क्रम जारी छ ।

हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने मेजर्नी चोक उतर कन्टरघुटु बाट लालिगुराँस टोल हुदै रामहरि चोक जाने ग्राभेल सडक कालो पत्रे गर्ने काम मेजर्नी चोक देखि शुरु गरिएको छ ।

मेजर्नी चोक देखि सुरु भएको कालोपत्रे ४२०० किलो मिटर लम्बाई रहेको छ । उक्त सडक खण्ड गाउँपालिका प्रदेश र केन्द्र सरकारको संयुक्त बजेटबाट कालोपत्रे हुन लागेको हो । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ ।

डेढ वर्षमा काम सक्ने गरी खनाल इभरग्रीन जेभी कम्पनी ले मेसिनबाट कालोपत्रे गर्ने सम्झौता भइ कम्पनीले कामको जिम्मेवारी पाएको हो ।

सडकको ठेक्का २ करोड ९६ लाख ६१ हजार पाँच सय ९ रुपैयामा गाउँपालिका संग कम्पनीले सम्झौता गरेको छ भन्ने निर्माण कम्पनीले २०७७ चैत्र २२ मा आयोजना सम्झौता गरी २०७९ भदौ ६ भित्र मा सम्पन्न गर्ने गरि ठेकेदार कम्पनीसंग सम्झौता भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर