Aamsanchar

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

Author Image
बुधवार, मंसिर १, २०७८

‘विद्यार्थी परिवर्तनका संवाहक हुन् ।’

विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् ।

विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

सन् १९३९ को कुरा हो । नाजीहरुले चेक रिपब्लिकका विश्वविद्यालयहरुमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरुले केही विद्यार्थीहरुको हत्या मात्र गरेनन्, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर कन्सन्ट्रेसन क्याम्पहरुमा पनि पठाएका थिए । इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरुलाई कन्सेन्ट्रेसन क्याम्पहरुमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरु र कलेजहरु पनि बन्द गरिएका थिए ।

त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठूला राजनीतिक परिवर्तनहरुमा पनि विद्यार्थीहरुको विशेष भूमिका रहेको छ । २००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२ र ६३ सालमा नै किन नहोस्, विद्यार्थीहरुको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।

त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरुमा, विश्वविद्यालयहरुमा समेत विद्यार्थीलाई भोलिका कर्णाधार भन्छौँ, उनीहरुको महत्त्वलाई बिर्सन सक्दैनौँ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर