
बिर्तामोड । झापाको उत्तरी क्षेत्रमा रहेको एक शुन्दर ठाउँ, उर्वर भूमी, अर्जुनधारा जलेश्वरधामबाट ८ किलो मिटिर उत्तर पस्चिममा कैदले बन रहेको छ । विगतमा खुदुनाबारी भुटानी शिविर रहेको बेला देशमै चर्चामा आइरहने सो क्षेत्र शिविर हटाई पछि गुमनाम रहदै आएको कैदले फेरी चर्चामा आउन सुरु भएको छ । कैदले बनलाई जुकेखाडी सामुदायिक बनले पर्यटन क्षेत्रको रुपमा विकास गर्दै लान थालेपछि कैदलेको चर्चा बढन थालेको हो ।
कैदले पर्यटकिय स्थलदेखि पूर्वमा टाङटिङ, पस्चिममा सुखानी खोला रहेको छ । सुखानी खोला बामपन्थी शहिदहरुको सहादत स्थल सुखानी पार्क हुदै बगेको छ । प्राकृतिक मात्र नभएर धार्मिक, आधुनिक पर्यापर्यटनको थलोको रुपमा विकास गर्दै लगिएको छ कैदलेलाई । बन जंगल, चुरे, नदी, सिमसार आन्तरिक पर्यटकलाई आर्कसित पार्ने प्राकृतिक प्रतिक हुन भने, हिन्दु, बौद्ध, किरात धर्मको आस्थाको मन्दिरहरु स्थापना गरिएको छ । किरात धर्मगुरु १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेन, माङ्हिम, शान्ति बन वाटिकामा दैनिक सयौंले भ्रमण गर्न थालेको जुकेखाडी सामुदायिक बन उपभोक्ता समूह पर्यापर्यटन उपाध्यक्ष शुक्रराज दुलाल (दिपक)ले जानकारी दिए ।
समुद्री सतह देखि ३ सय ५० मिटर उचाईमा रहेको उष्ण मनसुनी हावापानी रहेको क्षेत्र हो कैदले । ७०.९३ हेक्टर क्षेत्रफलमा फैलिएको जंगल, जलाधार क्षेत्रलाई कैदले पर्यटन क्षेत्रमा समेटिएको छ ।

कैदले बनमा विनायोजन भई कार्यनयन भएका योजनाहरु
१ इको परियोजना कैदले (रु १० लाख) सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय काठमाडौं ।
२, कैदले शान्ति बन वाटिका पर्यटकीय पूर्वाधार ( रु १० लाख ) सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय ।
३, फाल्गुनन्द सिमसार पोखरी स्तर उन्नती ( रु २५ लाख ) रासष्ट्रय चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर मोरङ ।
४, बाल उद्यान निर्माण ( रु २५ लाख) संस्कृति पर्यटन मन्त्रालय ।
५, बाङ्गेहोली स्ल्याप कल्भर्ड निर्माण ( रु ५ लाख) अर्जुनधारा नगरपालिका ।
कैदले बनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पर्यटन मन्त्रालय, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम, अर्जूृनधार नगरपालिका, जुकेखाडी सामुदायिक बन समिति र स्थानीय नागरिकहरु लागिपरिरहेका छन् ।
फल रुवरुप धेरै कामहरु भई सकेको छ । बर्षाको समयमा हिड्नै नसकिने कैदले बनको बाटो उच्चा, हिलो रहित बनाईको छ । कालोपत्रेको लागि योजना स्वीकृति भईसकेको बताईएको छ ।

कैदले पर्यापर्यटनले गरेका विकासका गतिविधीहरु
१, कैदले पर्यापर्यटन क्षेत्रका बाटाघाटा स्तर उनन्ती, दुबै तर्फ अशोक, धुपी रोप्ने काम, फलामे टोक्री व्यवस्थापन ।
२, सिंचाई, खानेपानी र विजुलीबत्ती जडान ।
३, बाल उद्यान निर्माण सुरु ।
४, पोखरी स्तर उनन्ती कार्यलाई निरन्तरता दिई माछा पालन ।
५, दुई ठाउँमा स्वागत गेट निर्माण ।
६, रोज गार्डेनको झाडी सफाईलाई निरन्तरता ।
७, निर्माणधिन भुटानी शरणर्थी पार्क मा फूलबारी व्यवस्थापन ।
८, सभाहल रंग रोगन तथा सौनदर्यीकरण ।
९, शौचालय निर्माण सम्पन्न ।
१०, रातो केरा गोडमेल तथा सफाई ।
११, धरधरे रोकथाम तथा व्यवस्थापन ।
१२, बाङ्गेहोलीमा स्ल्याप कल्भर्ड निर्माण सम्पन्न ।
१३ विश्राम स्थल तथा फलैचा निर्माण ।
पारिवारिक घुमफिर र बनभोज खानको लागि उपयुक्त ठाउँ मध्येको एकमा पर्छ कैदले । बिर्तामोड देखि फराकिलो कालोपत्रे सडकबाट खुदुनाबारी पुगेर करिव ३ किलो मिटर दक्षिण झर्दा कैदले पुग्न सकिन्छ । पूर्व पस्चिम लोकमार्गमा पर्ने चारपाने, लक्ष्मीपुर र दुर्गापुरबाट पनि कैदले पुग्न सकिन्छ ।


