Aamsanchar

कृपा पौडेललाई भोट गर्न नागरिक स्तरबाट आर्थिक सहयोग जुट्न सुरु (दाताहरुको नामावली सहित)

Author Image
आइतवार, मंसिर २६, २०७८

नेपालमा चर्चामा रहेको सांगीतिक टेलिभिजन कार्यक्रम ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा उत्कृष्ठ १० मा पर्न सफल झापा बिर्तामोड–२, चारपाने, रामचोककी कृपा पौडेललाई भोट सहयोगका लागि आर्थिक सहयोग जुटन थालेको छ ।
कृपालाई भोटमा सघाउनको लागि दुईदिन अघि कृपा जिताउ अभियान सुरु भएको थियो ।
अदभूत गायनकलाकी धनी कृपालाई जिताउनको लागि स्थानिय जनप्रतिनिधी, सामाजिक व्यक्तित्वहरुको ठुलो संख्याको समिति पनि गठन भएको छ । उक्त समितिमा रहेका मध्येबाट सचिवालय समिति पनि गठन भएको छ । समिति र सचियालयले आम सर्वसाधारणमा सहयोग लागि अपील पनि सुरु गरेको छ । यसैबीच कृपालाई जिताउन भन्दै विभिन्न व्यक्तिहरुले सहयोग रकम पनि समितिलाई उपलब्ध गराउन थालेका छन् । समितिले व्यक्ति, शैक्षिक संस्था, व्यापारिक प्रतिष्ठानहरुबाट सानो सानो रकम धेरैजनाबाट सहयोग लिने उदेश्य राखेर अभियान सुरु गरेको सचिवालयका सचिव माधव कल्पितले बताए ।

हाल सम्म कृपालाई सहयोग गर्ने दाताहरुको नाम निम्न अनुसार रहेको छ ।

माधब कल्पित रु ३१००
हरि प्र भण्डारी रु १०००
मायादेवी सिटौला रु ५००
टेकनाथ काफ्ले रु ५००
पशुपति मगर रु १०००
दुर्गा प्रसाइ रु २०,०००
श्री बिन्दु श्रेष्ठ रु २०००
किशोर पौड्याल रु १५००
गोमा सुब्बा रु १०००
देबी भक्त श्रेष्ठ रु १००००
खगेन्द्र ढकनल रु २०००
भगवती लिम्बू रु ५००
मोहनमाया मा वि रु १००००
देबी प्र संग्रौला रुद१०००
उप्रेन्द्र पराजुली रु ५००
डिल्लीराम सिटौला रु ५१००
दिनेश पोखरेल रु ५१००
रामचौक युवा समूह ८५००
शेरबहादुर श्रेष्ठ रु १०००
अनिता कार्की बस्नेत रु १०००
जुनु तामाङ रु ५००

यो पनि पढनुहोस् ।

दर्जनौं संस्थाको समर्थनमा कृपा जिताऔं अभियान समिति गठन

Views: 42

प्रतिक्रिया (०)