Aamsanchar

ट्विटरद्वारा भारतीय सरकारविरुद्ध मुद्दा दायर

Author Image
बिहिवार, असार २३, २०७९

सामाजिक सञ्जाल ट्विटरले भारतीय सरकारविरुद्ध मुद्दा दायर गरेको छ । भारतीय सरकारले आफ्नो अधिकारको दुरुपयोग गर्दै ट्विटर कम्पनीलाई विभिन्न ट्विट हटाउन लगाएको आरोप छ ।

कम्पनीको काम कारबाही हस्तक्षेप गरेको, अनावश्यक प्रतिबन्ध लगाइएको तथा विभिन्न ट्विटहरू जबरजस्ती हटाउन लगाइएको लगायत विषयलाई उल्लेख गर्दै ट्विटरले भारतीय सरकारविरुद्ध बेगंलुरुको कर्नाटाका उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै, केही राजनीतिक दलहरूले पोस्ट गरेका ट्विट पनि जबरजस्ती ब्लक गर्न लगाएको मुद्दामा उल्लेख छ । सरकारले हटाउन लगाएको सामग्रीमा भारतीय सरकारको कुनै पनि नीति तथा नियम उल्लंघन नभएको ट्विटरको दाबी छ ।

भारतीय सरकारले आफ्नो आदेश नमानेको खण्डमा कम्पनीको भारत अवस्थित कार्यालय प्रमुखलाई आपराधिक मुद्दा दायर गरेर कारबाही गर्ने धम्की दिएको पनि मुद्दामा उल्लेख छ ।

Views: 301

प्रतिक्रिया (०)