Aamsanchar

प्रदेश १ को सर्वदलीय बैठक निष्कर्ष विहिन

Author Image
शुक्रवार, साउन ६, २०७९

काठमाडौं : नामकरणबारे छलफलका लागि बसेको प्रदेश १ को सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ। नामकरणका लागि छलफल गर्न आज सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए।

करिब तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन नसकेको प्रदेशसभाका उपसचिव चन्द्रमणि पोखरेलले  जानकारी दिए। उनका अनुसार नामकरणका बारे सबै दलका प्रतिनिधिले आआफ्ना धारणा राखे पनि सहमति जुट्न नसक्दा घनिभूत छलफललाई निरन्तरता दिने भन्दै बैठक ट्ङ्गिएको छ।

बैठक बिना निष्कर्ष टुङुगिए पनि छलफल सकारात्मक रहेको र सहमतिका लागि फेरि सहमति गर्ने भएको उपसचिव पोखरेलले बताए। यही अधिवेशनमा दलहरू प्रदेशको नाम राख्न गृहकार्यमा जुटिरहेका छन्। तर कार्यकाल सकिन लागिसक्दा पनि प्रदेश १ ले अझै नाम र राजधानी जुराउन सकेको छैन।

आज प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद बाहिर किरात राई यायोक्खाले साकेला नाचसमेत प्रदर्शन गरेका थिए।

Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर