Aamsanchar

राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित

Author Image
बिहिवार, साउन १२, २०७९

काठमाण्डौ – राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक परित गरेको थियो ।

अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउने छ र प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउनेछ ।

 

राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर