

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले के गर्न खोजेको भन्ने आशंका जन्मिएको बताएका छन् ।

पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ‘कतै अनिष्ट त हुन लागेको होइन ?’ भन्ने प्रश्न उठेको बताए । आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठकमा त्यसबारे पनि छलफल भएको उनले जानकारी दिएल ।
“राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने काम भयो, यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले भन्ने प्रश्न खडा भएको छ,” उनले भने, “भोलि कतै अनिष्ट त हुने होइन भन्ने प्रश्न खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसको छलफल भएको छ ।”

प्रतिगामी दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा आफूहरूले हेरिरहेको पनि उनले बताए ।

