Aamsanchar

केही सामुदायिक विद्यालयले गलत अफवाह फैलाए : प्याब्सन झापा अध्यक्ष फागो 

Author Image
शुक्रवार, भदौ १७, २०७९

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले केही सामुदायिक विद्यालयहरुले निजी विद्यालयमा अध्यन गर्ने विद्यर्थीहरुले राज्यबाट प्राप्त हुने सुविधा प्राप्त नहुनेु निजी विद्यालयमा अध्ययन गरे सर्टिफिकेट काम नलाग्ने वा छात्रवृत्ति नपाउने जस्ता अफवाह तथा भ्रम फैलाएको भन्दै
आपत्ती जनाएको छ ।

आज बिर्तामोड स्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार भेटघाट मार्फत यस्तो आपत्ती जनाइएको हो ।

प्याब्सन झापाले निजी विद्यालयहरु दोहोरो तथा तेहोरो करको मारमा परेको पनि जनाएको छ । कम्पनी अन्तरगत कर तिरी नै रहेका छौं त्यसमा नगरपालिकमा ब्यवसायी कर पनि तिरेकै छौं । बिद्यालयका बसहरुलाई एउटा पालिकाबाट अर्को पालिका जाँदा पनि पटके कर तिर्नु परेकोले नीजि बिद्यालयहरु दोहोरो तथा तेहोरो करको मारमा परेको  र  यसमा सरकार गम्भिर  बनेर  अव्यवहारिक कर नीति सच्याउनु पर्ने  ब्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले माग राखेका छन् । उनले भने दमक नगरपालिकाले यस पटक पटके छुट गरेपनि झापाका अरु पालिकाले यस प्रति चासो देखाएका छैनन् ।

कोभिड १९ को प्रभाव विश्वव्यापी बन्न पुगेपछि झापाका नीजि विद्यालय पनि अछुतो नरहेको बताउँदै सरकारी क्षेत्रबाट कुनैपनि राहत तथा सहयोगका कार्यक्रम निजी विद्यालयलाई प्राप्त नभएको कारण धेरै शिक्षक कर्मचारी वैकल्पिक रोजगारी खोज्न बाध्य हुनु परेको अध्यक्ष फागोले बताए । झापामा २०२ मा.वि.र १४० आधारभूत तह गरी जम्मा ३४२ विद्यालय सञ्चालनमा रहेता पनि कोभिङको प्रभावका ३/४ वटा बिद्यालय बन्द भएका छन् भने केही बन्द हुने अवस्थामा रहेको अध्यक्ष फागोले जानकारी दिए ।

झापाका नीजि विद्यालयमा ८ हजार ५०० शिक्षक कर्मचारी कार्यरत रहेपनि कोभिडको समयमा सरकारी क्षेत्रबाट कुनै पनि राहत तथा सहयोग नभएको उनको भनाई थियो । झापामा मात्र प्याब्सनका सदस्य विद्यालयले १२ अर्व ९६ करोड भन्दा बढीको लगानी गरेर विदेश पलायन हुने ठूलो धनराशी स्वदेशमै रोक्ने प्रयास गरेको ब्याब्सनले जनाएको छ । शिक्षा सेवाबाट राष्ट्रलाई अहम योगदान पुर्याएपनि निजी विद्यालयहरू सञ्चालनका लागि स्पष्ट नीति नभएको उनीहरुको भनाई छ ।

सामुदायिक र संस्थागत विद्यालयहरू एउटै ऐनबाट सञ्चालन हुनु, विद्यालयलाई कम्पनी भनेर राज्यबाट व्यवस्था हुनु तर कम्पनी ऐन, श्रम ऐन र शिक्षा ऐनको तेहेरो चपेटामा पारी विभिन्न शीर्षकमा दोहोरो तथा तेहोरो कर तिर्न बाध्य पार्नु प्रचलित शिक्षा ऐन पटक पटक संशोधन हुँदा समेत निजी विद्यालयका माग र समस्याहरूलाई पूर्ण रूपमा नसमेटिनुले पनि नीजि बिद्यालयहरु मारमा परेको अध्यक्ष फागोले बताएका छन् । कोभिड १९ बाट प्रभावित अन्य क्षेत्र जस्तो निजी विद्यालयलाई राहत तथा व्याज सहूलियत आदि नपाएको  उनले बताएका छन् ।

कोभिडका कारण धेरै शिक्षक कर्मचारी वैकल्पिक रोजगारी खोज्न बाध्य भएपछि एकलाख ४० हजार विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै दीर्घकालिन मनोसामाजिक समस्या तथा कुलतको समस्या उत्पन्न हुन पुगेको अवस्था रहेको प्याब्सन सचिव हरिकृष्ण पाठकले बताए ।

कोभिड १९ का कारण रोकिएका प्याब्सनका वार्षिक कार्यक्रम पनि यस बर्षदेखि गरिने भएको पत्रकार भेटघाटमा जनाइएको छ । बार्षिक कार्यक्रम अन्तरगत अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रम, खेलकूद, वार्षिक क्यालेण्डर निमार्ण, सेण्डअप परीक्षाको तयारी फाउण्डर तथा प्रिन्सिपल र शिक्षकका लागि सन्धि तालिम आयोजनालगायतका कार्यक्रम तय गरिएको सचिव पाठकले बताएका छन् ।

प्याब्सन झापाले उपसमितिहरु गठन गरेर उनीहरुलाई जिम्मेवारी समेत दिएको छ हरिकृष्ण पाठकको संयोजकत्वमा अतिरिक्त कृयाकलाप, छत्रबहादुर कार्कीको संयोजकत्वमा सांस्कृतिक, टी आर गौतमको संयोजकत्वमा खेलकुद, लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा तालिम र हरिकृष्ण पाठकको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति गठन गरिएको सूचना तथा सञ्चार उपसमितिका सुमन शर्मा जमलकट्टेलले जानकारी दिए । पत्रकार भेटघाटमा प्याब्सनका बिभिन्न पालिकाका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर