Aamsanchar

मोरङको वाइसिएल इन्चार्जमा दिपक आले मगर चयन

Author Image
सोमवार, असोज ३, २०७९

मोरङ : नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन मोरङको योङ कम्युनिष्ट लिगको (वाइसिएल) इन्चार्ज दिपक आले मगर भएका छन्।वाइसिएलको केन्द्रीय दोस्रो भेलाले उनलाई इन्चार्ज बनाउने निर्णय गरेको हो। मगर माओवादी केन्द्रका उर्लाबारी नगर कमिटीको सहसचिव समेत हुन्।

यसअघिको स्थानीय निर्वाचनमा वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार समेत बनेका मगर पार्टीको निर्वाचन आयोग र अनुशासन समितिको केन्द्रीय सदस्य समेत भइसकेका छन्।

Views: 94

प्रतिक्रिया (०)