

राप्रपाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । अन्यथा पार्टीबाट निष्कासन गरिने राप्रपाले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि बुधबार दिउँसो १ बजेसम्मको समय प्रदान गरेको छ ।


Views: 102

