

काठमाडौं। सभापति शेरबहादुर देउवाको अडान र असक्षमताका कारण पार्टीले केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार गुमाउने अवस्था आएको भन्दै राजीनामाको माग उठेको छ ।

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएनरुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’

ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022

