Aamsanchar

बुद्धशान्तिबाट बेवारिसे अवस्थाका तीन जना बालकको उद्धार

Author Image
आइतवार, पौष १७, २०७९

बिर्तामोड ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुधबारे बजारमा  बेवारिसे अवस्थाका फेला परेका तीनजना बालकलाई उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको छ । 

बेवारिसे अवस्थामा फेला परेका १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० वर्षीय होमन्च मगरलाई अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  नाम थर बताउने बालकहरू बेवारिसे अवस्थामा फेलापरेपछि स्थानीय बासीले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । 

इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीय पत्रकारको सहयोगमा बालबालिका खोज तलास समन्वय केन्द्र (१०४) विराटनगरबाट खटिएको प्रहरी सहायक निरीक्षक नारायण कटुवालको जिम्मा लगाई सुनसरीको इटहरीस्थित अस्थायी संरक्षण केन्द्र (भिओसी) मा पठाइएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता बसन्त पाठकले बताए । 

 

Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर