Aamsanchar

सहाराद्वारा सहकारी अभियान्ता प्रधानांग र पत्रकार न्यौपाने पुरस्कृत

Author Image
शनिवार, कार्तिक १८, २०८०

बिर्तामोड – सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत भएका छन् । यस्तै, सहाराले पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ ।

प्रधानांगले प्राप्त गरेको पुरस्कारको नगद राशी एक लाख एक हजार र पत्रकार न्यौपानेले प्राप्त गरेको पुरस्कारको नगदराशी २५ हजार रहेको छ ।

सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन् ।

भक्तपुर निवासी प्रधानांगले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए वापत पुरस्कृत गरेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

सहाराले २७ औं वार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण कार्यक्रमको अवसरमा पुरस्कृत गरेको हो ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित अन्तिम माइन्युट प्रमाणित साधारणसभामा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सहारा नेपालले गरिरहेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो ।
घिमिरेले सहारा नेपाल साकोसले आपत विपतमा परेकाहरुका लागि नाम अनुसारको सहारा प्रदान गरिरहेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

सो समारोहमा राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार प्राप्त गरेका सहकारी विज्ञ प्रधानाङ्गले काठमाडौं उपत्यकामा सञ्चालित केही सहकारी संस्थाहरुले बदनाम गरेको टिप्पणी गर्नुभयो ।
काठमाडौंमा खुलेका केही सहकारीले गरिबको रकम खाएर भागेको बताउनुभयो ।

सो समारोहमा सहकारीकर्मीहरु गणेश ढकाल, घनश्याम अधिकारी, निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, रेडक्रसकर्मी लोकराज ढकाल लगायतले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)