Aamsanchar

प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम : विद्यालय छाड्ने विद्यार्थीको संख्या शून्य

Author Image
सोमवार, असोज २८, २०८१

कञ्चनपुर – दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्यालय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्‍याएको हो ।

आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । कक्षा दोहर्‍याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो ।

विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका स्रोत शिक्षक डवलबहादुर ठगुन्नाले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका बताउनुभयो ।

नगरको शिक्षा शाखाबाट बाल कक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रतिविद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा हुने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको स्रोत शिक्षक ठगुन्नाले बताउनु भयो ।

विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण भइरहेको उहाँको भनाइ छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताउनु भयो ।

विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै अङग्रेजी माध्यममा पढाइ पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालयमध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर