Aamsanchar

आजकाे माैसम

Author Image
शनिवार, कार्तिक १७, २०८१

काठमाडौं – कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति, देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात सम्भावना छ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुका साथै भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
सोमवार, कार्तिक १९, २०८१
आजकाे माैसम
बिहिवार, कार्तिक १५, २०८१