Aamsanchar

अन्तर मावि कवितावाचनमा जनक माविका सुज्ञान दाहाल प्रथम

Author Image
बुधवार, पौष ३, २०८१

इनरुवा-  सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको प्रतियोगितामा जनक माविका सुज्ञान दाहाल प्रथम, सरस्वती मावि बबियाका सुरेन्द्र यादव द्वितीय र इस्टपोईन्ट इंग्लिस बोर्डिङ् स्कुलका कवज पोखरेल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई इनरुवाका नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनीता मेहता र प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले सिल्ड तथा प्रमाणपत्रसहितको पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा साहित्यकार छविनाथ रिजाल, डम्बरुबल्लभ भण्डारी र जयकृष्ण यादव निर्णायक मण्डलमा रहनुभएको थियो । सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउने क्रममा अन्तर मावि कविता वाचन कार्यक्रम सम्पन भएको सामीका जिल्ला संयोजक तथ अधिकृत धिरज भट्टराईले जानकारी दिनुभयो ।

इनरुवाका विभिन्न १४ माध्यमिक विद्यालयका विद्यार्थी प्रतियोगीहरुको सहभागितामा अन्तर माध्यमिक विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । वैदेशिक रोजगार शीर्षकमा भएको प्रतियोगितामा १४ विद्यालयका प्रतियोगीले कवितावाचन गरेको र वैदेशिक रोजगारका बारेमा उत्कृष्ट कविता वाचन गरेको सामिका जिल्ला संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा अतिथिका रुपमा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, शिक्षा शाखाका स्वतिका दाहाल, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहसहितले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको औचित्यका बारेमा बोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर