Aamsanchar

कनकाई नगरपालिकामा सडक स्तरउन्नति : ३८ लाख बजेटमा विभिन्न सडक कालोपत्रे

Author Image
आइतवार, पौष १४, २०८१

फायल फोटो ।

कनकाई । झापाको कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सडकहरूको स्तरउन्नति गर्दै कालोपत्रे गरिएको छ । कनकाई नगरपालिका १, २ र ७ का विभिन्न सडकमा १,६३५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ।

कनकाई–१ स्थित जुकेकल्वटदेखि दक्षिणतर्फ, कनकाई–७ मा भृकुटीमार्ग जोड्दै पूर्वमा भृकुटी स्कुलसम्म र पश्चिमतर्फ विभिन्न बिग्रेका स्थानमा कालोपत्रे गरिएको छ। साथै, वडा नम्बर २ को डाँडागाउँस्थित जामुनबारी सामुदायिक बन जाने सडकको विभिन्न स्थानमा पनि सुधार गरिएको छ।

शान्तिमार्ग (८८४ मिटर)  जुकेकल्वोटबाट वडा नम्बर ७ जोड्ने यो सडक निर्माणका लागि १८ लाख रुपैयाँ खर्च भएको छ। भृकुटीमार्ग (१९४ मिटर)  ५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न। डाँडागाउँ मार्ग (५५७ मिटर)  १४ लाख रुपैयाँको बजेटमा सडक स्तरउन्नति। यो सम्पूर्ण परियोजनाको लागि ३८ लाख रुपैयाँ खर्च गरिएको हो।
निर्माण कार्य सरोज कुमार बस्नेतको जमदार निर्माण सेवाप्राली, भद्रपुरले सम्पन्न गरेको हो। उक्त योजनाको ठेक्का सम्झौता गत वर्ष नै भएको थियो।

कनकाई नगरपालिका–८ बाट वडा–९ जाने हिमाली मार्गको पनि कालोपत्रे गरी स्तरउन्नति गरिने तयारी छ। हाल उक्त सडकको ठेक्का प्रक्रिया बाँकी रहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन्।

स्थानीयबासीले कालोपत्रे सडक बनेपछि आवतजावतमा सहजता महसुस भएको बताएका छन्। नगरपालिकाले आगामी दिनमा पनि यस्ता विकास निर्माण कार्यलाई प्राथमिकता दिने प्रमुख पोखरेलले  प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर