Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टिमले अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्ने

Author Image
शुक्रवार, असार १३, २०८२

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले टी–२० विश्वकप छनोटको तयारीका लागि अष्ट्रेलियामा अभ्यास सिरिज खेल्ने भएको छ। नेपालले अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि सिरिज खेल्ने जनाएको हो।

 

नेपालले १४ देखि २४ अगष्टमा अष्ट्रेलियाको टप इन्ड टी–२० सिरिजमा भाग लिनेछ। क्यानका अनुसार नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेल खेल्नेछ।

 

क्यानले सिरिजबारे अन्य जानकारी र तालिका आगामी हप्ता सार्वजनिक गर्ने बताएको छ।

२०२५ टप इन्ड टी–२० सिरिजका लागि नेपाल पहिलो टिमको रुपमा दर्ता भएको छ। नेपालले अष्ट्रेलियामा राम्रो तयारीको रुपमा हेरिएको छ।

अष्ट्रेलियन क्रिकेटको ठुलो मात्रामा रहेका समर्थकको आँखा उत्तरी क्रिकेटमा तान्ने धेय रहेको छ। एनटी क्रिकेटका प्रथक कार्यकारी अधिकृत(सीइओ) गारभिन डोभीले भने,‘नेपाल क्रिकेट टिम पछिल्लो वर्षहरुमा निकै राम्रोसँग विकास भइरहेको छ। जसका कारण उनीहरूलाई टप इन्ड टी–२० मा नेपाललाई ल्याउन पाउँदा हामी निकै खुसी छौँ। नेपाली क्रिकेट समर्थकको आँखा उत्तरी क्रिकेटमा पनि पर्नेछ।’

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर