Aamsanchar

सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढ्याे

Author Image
मङ्गलवार, असार १७, २०८२

काठमाडौं –नेपाली बजारमा मंगलबार (असार १७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख  ५०० रुपैयाँ कायम छ । सोमबार (असार १६) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर