Aamsanchar

प्रधानमन्त्रीले दिए नेपाली महिला खेलाडीलाई शुभकामना

Author Image
शनिवार, असार २१, २०८२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’का खेलाडीलाई जितको शुभकामना दिएका छन्।

 

श्रीलङ्कासँग जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन्।

 

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर