Aamsanchar

७० वर्ष पुगिसकेका एमालेका उपाध्यक्ष ज्ञवालीले चुनाव नलड्ने

Author Image
आइतवार, मंसिर २८, २०८२

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।

७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।

भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए ।

एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर