

काठमाडौं – नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेको छ। यसअघि पुस १३ गते प्रतितोला तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

आज सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। प्रतितोला चाँदीको भाउ ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Views: 143

