Aamsanchar

कन्काई माई मेलास्थल नजिक सवारी दुर्घटना : डेढ वर्षिय बालकको मृत्यु, १२ जना घाइते

Author Image
बिहिवार, माघ १, २०८२


झापा- कन्काई माई मेलास्थल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जना डेढ वर्षे बालकको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।
आज बिहान करिब ९ः३० बजे कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालवाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा पिकअप गाडीमा सवार भद्रपुर नगरपालिका निवासी आफुद राजवंशीका डेढ वर्षे छोरा आरुति राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिए पनि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घाइतेहरूको विवरण
दुर्घटनामा घाइते भएका १२ जनामध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम तथा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत :
मेचीनगर–१५ निवासी ६५ वर्षीया फुलमुनि मुर्मु (निधार र मुखमा चोट, अवस्था सामान्य)
४२ वर्षीया जमुना राजवंशी (निधारमा चोट, अवस्था सामान्य)
११ वर्षीय अनिष राजवंशी (टाउकोमा चोट, अवस्था सामान्य)
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचाररत :
भद्रपुर–४ निवासी ४० वर्षीय पुष्पलाल राजवंशी (टाउको र दाहिने कुममा चोट, अवस्था मध्यम)
भद्रपुर–८ निवासी ४० वर्षीय आफुद राजवंशी (टाउकोमा चोट, दाहिने हात र खुट्टा भाँचिएको, अवस्था गम्भीर)
उनकी श्रीमती ४० वर्षीया सुस्मा राजवंशी (दाहिने हात र खुट्टा भाँचिएको, टाउकोमा चोट, अवस्था गम्भीर)
१५ वर्षीय आशिष राजवंशी (बायाँ हात र चिउँडोमा चोट, अवस्था सामान्य)
भद्रपुर–९ निवासी ४० वर्षीया टेमुना राजवंशी (टाउको र हातमा चोट, अवस्था मध्यम)
शिवसताक्षी–१० निवासी २९ वर्षीया अन्जली राई (छातीमा भित्री चोट, अवस्था मध्यम)
बिर्तामोड–३ निवासी २४ वर्षीय अभिषेक राजवंशी (बायाँ हातमा भित्री चोट, अवस्था सामान्य)
मेचीनगर–१५ निवासी १५ वर्षीया कृतिका राजवंशी (टाउकोमा चोट, अवस्था सामान्य)
भद्रपुर–४ निवासी ४५ वर्षीया पाथल राजवंशी (दाहिने खुट्टा भाँचिएको र मुखमा चोट, अवस्था गम्भीर)

दुर्घटनापछि पिकअप चालक बिर्तामोड–६ निवासी ३९ वर्षीय जाकिर हुसेनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ। बसलाई इप्रका बिर्तामोडमा राखिएको छ भने बस चालक घटनापछि फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 239

प्रतिक्रिया (०)