Aamsanchar

मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

Author Image
आइतवार, माघ ४, २०८२

उदयपुर-  मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अँधेरीमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नारायणघाटदेखि सामान बोकेर गाईघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेका छन् । ट्रकले किचिएका दुई जनाको उद्धार गर्न कठिन भएको उद्धारमा खटिएमा एक ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।

दुर्घटना भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले पुष्टि गरेका छन् । नेपाल प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।

‘घटनास्थलमा मालवाहक ट्रकले किचेर बीभत्स अवस्थामा रहेका दुई जनाको शव निकाल्न प्रहरी खटिरहेको छ । ट्रकले किचेको अवस्थामा शव निकाल्न कठिन परेको हो,’प्रनाउ दोङले भने ।

अत्यधिक दुर्घटना हुने उक्त स्थानमा फेरि अर्को भयावह दुर्घटना भएको हो । उक्त ठाउँलाई ट्राफिकले ब्ल्याक स्पोट नामाकरण गरी सतर्करुपमा सवारी चलाउने सूचित गर्ने गरेको छ ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर