Aamsanchar

आयोगले कल सेन्टर सुरु गर्‍यो

Author Image
सोमवार, माघ ५, २०८२

काठमाडौँ – फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ ।

केन्द्रीय कार्यालय कान्तिपथस्थित आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘कल सेन्टर आजबाट सुरु भएको छ । अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ । समय क्रमशः थपिँदै लगिने छ’, प्रवक्ता भट्टराईको भनाइ छ ।

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् ।

एकैपटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा रहनुपर्ने छैन । सोमबारदेखि सुरु कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने आयोगले जनाएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर