

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।

दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए । घाइतेहरूको पनि परिचय नखुलेको खडायतले बताए । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भने ।
ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

Views: 37


