Aamsanchar

हङकङविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टिमको घोषणा

Author Image
आइतवार, चैत १, २०८२

काठमाडौं – हङकङविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आइतबार (चैत १)नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिनाले ४७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टोलीको नामवाली समेत सार्वजनिक गरेको छ ।

मार्चको ‘फिफा विन्डो’अन्तर्गत एन्फाको आयोजनामा नेपाल र हङकङबीच यही चैत १२ गते मैत्रीपूर्ण फुटबल हुँदै छ । मैत्रीपूर्ण फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ ।

गएको मंगलबार(फागुन २६) एन्फाले एरिनालाई औपचारिक रूपमा मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रारम्भिक राष्ट्रिय टिम

अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कर्की, दीपेश गुरुङ, दिनेश हेम्जन, दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिशरत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाकेन लिम्बू, मनीष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, रामबाबुकुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनीष श्रेष्ठ, सरज तामाङ, सिर्जनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुभाषमान श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर