Aamsanchar

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक

Author Image
सोमवार, चैत २, २०८२

काठमाडौं- राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ।

हान्सी फ्लिकको बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल गरे। जितपछि बार्सिलोनाको २८ खेलबाट ७० अंक भएको छ। उसको पछाडि रियल म्याड्रिड ६६ अंकमा रहेको छ।

अर्को खेलमा रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो। यससँगै सोसिडाड ३८ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो। उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम रह्यो।

यस्तै रियल बेटिस र सेल्टा भिगोबीचको खेल भने १–१ को बराबरीमा टुंगियो।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर