

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ४३ सयले घटेर तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ९९ हजारमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८७५ मा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ५०२५ मा कारोबार भएको थियो।
Views: 155


