Aamsanchar

पहिलो चरणका लागि आज राति १२ बजेबाट मौन अवधि

Author Image
बिहिवार, मंसिर ७, २०७४

काठमाडौँ, 

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ ।

मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रचार प्रसार गर्न भने कुनै असर नपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा यो अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

Views: 68

प्रतिक्रिया (०)