Aamsanchar

रकम अभावकै कारण एक बालक अस्पतालमै बस्न बाध्य

Author Image
शुक्रवार, मंसिर ८, २०७४

(आयुष निरौला/गोपीन पोख्रेल)
बिर्तामोड ।

रकम अभावका कारण झापा वुद्धशान्ति गाँउपालिकाका एक बालक अस्पतालमै बस्न बाध्य भएका छन । उपचार खर्च बुझाउन नसक्दा डिसचार्ज भईसकेका १३ बर्षिय रोदन सुन्दास भद्रपुर स्थित ओम साई पाथीभरा अस्पतालकै शैयामा बस्न बाध्य भएको परिवारले जनाएको छ ।

वुद्धशान्ति गाँउपालिका ४ हापेन चौकका सुन्दास गत असोज २० गते स्थानिय एक घरमा रड तान्ने क्रममा करेन्ट लागि सक्त घाईते भएका थिए । करेन्ट लागेर घाईते भएका सुन्दासलाई तत्काल बि एण्ड सी अस्पताल पुर्याईएका बालकको हप्ता दिनको उपचार पछि भद्रपुरको ओम साई अस्पताल लगिएको थियो । असोज २८ गते ओम साई अष्पताल भर्ना भएका सुन्दासको सफल उपचार पछि अष्पतालले मंशिर ३ गते नै विदा दिएको थियो ।

तर दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका बालकका बुवा घनेन्द्र सुन्दासले आर्थीक अवस्था नाजुक भएकोले छोरालाई घर लान समस्या भएको दुखेसो पोख्नुभएको छ । उहाले छोराको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ । उहाले सहयोगी मनहरुले बुधबारे स्थित प्राइम बैङ्कमा रहेको खाता नम्बर ०३९००७१९ पी एसमा पनि सहयोग रकम जम्मा गरिदिन सकिने साथै मोबाइल नम्बर ९८१५०१२१५८ मा सम्पर्क राख्नसक्नु हुने बताउनु भएको छ ।

पाँचथरको थर्पुबाट ९ महिना अघि बसाँईसराई आएका सुन्दास परिवार हापेन चौक स्थित गैरीगाँउमा भाडामा बस्दै आएका छन । ५ जनाको परिवार मध्ये घाईते बालक उनको जेठा सन्तान हुन।

श्री माबि बर्नेमा कक्षा ५ मा अध्ययन गर्दै आएका उनको यहि मंसिर ५ गतेबाट परिक्षा चलिरहदा उनी अष्पतालको शैयामा सहयोगि हातहरुको आशामा दिन बिताईरहेका छन । आफ्नो भविश्य पढाईमा निर्भर रहेको र घरको आर्थीक अवस्था कमजोर रहेकाले अष्पतालबाट घरसम्म जान आतुर रहेको बालकले बताएका छन । करेन्ट लागेका कारण दाहिने हात जलेकोले लेखाईमा समस्या हुने भन्दै बालक चिन्तित छन ।

अष्पताल प्रशासनले परिवारको अवस्था मध्यम भएकाले सकेसम्मको छुट दिने बताएको छ । उनको उपचारको लागि ओमसाई पाथीभरामा मात्रै १ लाख ३० हजार र बि एण्ड सीमा १ लाख ५० हजारको हाराहारी खर्च भएको पारीवारले जनाएको छ । वुद्धशान्तिका स्थानिय विद्यार्थी नेता भुपेन्द्र थेवे र खड्ग पंधाकको पहलमा संकलन भएको २५ हजार रुपैयाँ भने अस्पतालमा बुझाएको परीवारले जनाएको छ ।

Views: 141

प्रतिक्रिया (०)