Aamsanchar

निर्वाचन आउन ११ दिन बाँकी / झापामा हरियार बुझाउन आनाकानी

Author Image
शनिवार, मंसिर ९, २०७४

(नरेन्द्र ढकाल)

झापा,
दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन आउन १२ दिन मात्र बाँकी रहदाँ समेत झापामा लाइसेन्स प्राप्त हतियार बुझाउन आनाकानी गरेका छन् ।झापामा ६ सयभन्दा बढी लाइसेन्स प्राप्त हतियार भएपनि हालसम्म १७ वटा मात्र हतियार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारीले जानकारी दिए ।

उनले आमसञ्चारकर्मीसंगको टेलिफोन सम्र्पकमा भने– झापामा हतियार धेरै देखिन्छ तर अहिलेसम्म १७ थान मात्र बुझाइएको छ । हामीले सञ्चार माध्यमहरुबाट पनि हतियार बुझाउन आग्रह गरिरहेका छौं । आगामी मंसीर २१ गते हुने निर्वाचनका लागी झापामा प्रहरीले उच्च सर्तकता अप्नाएको बताउदै उनले बताएका छन् । हतिर लिनेहरु कोही काठमाण्डौं, कोही विदेृश तथा कतिले नविकरण नै नगरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

झापामा सुरक्षा ब्यवस्था मजबुद बनाइएको र शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष लागेको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । उनले सुरक्षा ब्यवस्था मजबुद बनाइएको बताए पनि झापामा इज्जात प्रत्र हतियार कति छन् भन्न् नसक्ने बताए । आमसञ्चारकर्मीले शुक्रबार दिउँसो ३ः४० बजे सम्र्पक गर्दा कर्मचारीको विदा भइसकेको र यसको यकिन तथ्याङ्क दिन नसक्ने बताए ।

उनले हतियार बुझाउने क्रम चलिरहेको बताएका छन् । यसैबीच झापाको कांरभिट्टा, बिर्तामोड, दमक र भद्रपुर लगायतका स्थानमा हतियार बुझाउने क्रम चलिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले बताए । झापामानिर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई धमाधम पक्राउ गर्ने क्रम चलिरहेको जनाइएको छ । हालसम्म जिल्लाका विभिन्न स्थानबाट ११ जनालाई नियन्त्रणमा लिइसकेको प्रहरी उपरीक्षक केसीले बताए ।

निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब ६ सयभन्दा बढी हतियारको अत्तोपत्तो छैन । गृहले लाइसेन्स प्राप्त हतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको थियो ।निर्वाचन प्रभावित हुन सक्ने आँकलन गरी ती हातहतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएका थियो । सर्वसाधारणबाट लाइसेन्स प्राप्त हतियार दुरुपयोग भए कारबाही हुने केसीले बताएका छन् । ुहातहतियार खरखजाना ऐन २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सर्वसाधारणको आत्मरक्षाका लागि जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हतियारको लाइसेन्स दिने गर्दछ । गृहले त्यसका लागि ुपर्चे्जिङ लाइसेन्स जारी गरी वाणिज्य विभागलाई सिफारिस गर्दछ। झापामा यति धेरै हत्यार हुदाँ समेत नबुझाउदा सुरक्षा चुनौती बढेको जानकारहरु बताउँछन् । निर्वाचन नजिकी रहदाँ समेत हतियार नबुझाउन्ु तथा निर्वाचन विरोधी गतिविधि पनि विभिन्न जिल्लामा बढ्नुले पनि सुरक्षा चुनौति थपिएको सुरक्षा निकायका प्रमुखहरुको बुझाई रहेको छ ।

भारतसंग समेत सिमा जोडिएकाले भारतका विभिन्न स्थानबाट हतियार भित्रन सक्ने आशंकामा प्रहरीले डग मिसन समेत सुरु गरिसकेको प्रहरी उपरीक्षक केसीले बताए । उनले झापामा निर्वाचन संवेदनशिलतालाई ध्यान दिएर सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको बताए । नर्वाचन नजिकिएसंग दलहरुले चुनावस् गतिविधि तिब्र पर्नुका साथै केन्द्रिय स्तरमा पनि प्रभावशाली मानिएका नेताहरु झापाका विभिन्न स्थानमा उम्मेद्वार रहेकाले उनीहरुको सुरक्षामा पनि ध्यान पु¥याएको प्रहरीले जनाएको छ । यसैबीच निर्वाचन गतिविधि गर्दा स्थानीय प्रशासनलाई जानकारी गराउन समेत भनिएको छ ।

८ नगरपालिका र ७ गाँउपालिका गरि १५ स्थानीय रहेको झापामा निर्वाचन शिक्षा समेत सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापामा धमाधम तयारी गरिरहेको र निर्वाचन अधिकृतहरुले आव्श्यक ब्यवस्थाहरु मिलाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका गोपाल आर्चायले जानकारी दिए । झापा सहितका ४५ जिल्लामा आगामी मंसीर २१ गते निर्वाचन हुदैछ भने हिमाली ३२ जिल्ला आइतबार १० गते निर्वाचन हुदैछ ।

Views: 205

प्रतिक्रिया (०)