Aamsanchar

जापानविरुद्ध बेल्जियमको कठिन जीत, क्वाटर फाइनलमा ब्राजिलसंग भिड्ने

Author Image
मङ्गलवार, असार १९, २०७५

एजेन्सी ।

विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ।

बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। खेल एक समयमा जापानले २(० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी इनुले ५१औँ मिनेटमा दोस्रो गोल प्रहार गरेर खेलमा दुई शुन्नाको अग्रता कायम गरेका थिए।

तीन मिनेटभित्र दुई गोल खाएको बेल्जिमले खेलमा फर्कन कठिन संघर्ष गर्नुपर्‍यो। बेल्जियमका लागि जन भेर्टङ्गनले ६९औँ मिनेटमा गोल गरे। त्यसपछि मारोउने फिलाइनीले ७४ औँ मिनेटमा गोल गरेर जापानसँग बराबरी गरे। खेलमा विजयी गोल गर्नुपहिले बेल्जियमले जापानका केही उत्कृष्ट प्रहारको सामना गर्नुपर्‍यो र उसका केही राम्रा प्रहार जापानका गोलकिपरले विफल बनाइदिए।

निर्धारित ९० मिनेटमा बराबरीमा सकिएको खेलमा चार मिनेट अतिरिक्त समय थपिएको थियो। जसको चौथो मिनेटमा नासेर चडलीले विजयी गोल गरे। जापानको यो पराजयसँगै विश्वकप यात्रा टुंगिएको छ। जापान विश्वपकको इतिहासमा पहिलोपटक प्रयोगमा आएको फेयरप्ले निर्णयका आधारमा नकआउट चरणमा पुगेको थियो।

समूहचरणमा सेनेगल र जापानको अंक र गोल बराबरी भएपछि खेलको निर्णय फेयरप्लेबाट लिइएको थियो। बेल्जियमले क्वाटरफाइनलमा अब ब्राजिलको सामना गर्नुपर्ने भएको छ। ब्राजिल र बेल्जियमको नकआउट चरण खेल असार २२ गते हुने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर