बिर्तामोड ।
सडकमा बेबारिसे भएर हिड्नेको अवस्था कस्तो हुन्छ ? जवाफ सबैको मुखबाट सजिलै आउँछ – फोहोरी,जेपायो त्यही खाने , जहाँ पायो त्यही सुत्ने, जथाभावी बोल्ने ।
त्यस्ता व्यक्तिलाई जो कोही नुहाइदिने ,नङ कटिदिँदै सरसफाई गर्न र साहारा दिदै हेरचाह गर्न अग्रसर हुँदैनन् । तर झापाको बिर्तामोडस्थित रोयल पार्टी प्यालेस नजिकैका रामबहादुर बोहोरा , गोपाल सुवेदी र इन्द्रकला गौतमले त्यस्ता वेसाहारा एक व्यक्तिलाई सहारा दिएका छन् ।
नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहारको रमझममा सबै रमाइरहेका बेला आफ्नो नाम, थर, ठेगानासमेत बनाउन नसक्ने वाक क्षमता नभएका एक ब्यक्ति सडकमा भेटिए । शनिवार विहान भेटिएका उनलाई वोहोरा,गौतम र सुवेदीले सहारा मात्रा दिएनन् उनका आफन्तको समेत खोजी गरे । तर, आफन्त फेला नपरेपछि उनीहरुले सञ्चारकर्मी गुहारे ।

शनिवार विहानैदेखि आइतवार दिउसोसम्म प्रहरीलाई पटक – पटक जानकारी गराएका थियौ तर प्रहरीले वास्ता गरेन सुवेदीले भने–‘ वृद्धको विजोक हेर्न नसकेर पत्रकार खोजेका हौं ।’
उनले थपे – एउटा मान्छे घुम्ती नजिकै आएर बस्यो, कतै साथी पर्खिरहेको जस्तो लाग्यो तर बेलुकासम्म कोही नआएपछि उसले वरर आँशु झार्न थाल्यो , न उसको नबोलि आउँछ ?, नत उसका कुरा नै बुझिन्छ मन थाम्नै नसकेर आश्रय दिएका हौं । वेबारिसे मानिस फेला परेको भन्दै सयपटक जति प्रहरीलाई खवर गरियो तर प्रहरीले वास्ता गरेन सुवेदीले भने–‘ प्रहरीले सूचना पाएपछि एक पटक हेर्न आएको भएमात्रै पनि चित्त बुझ्ने थियो ।’
आइतवार अपरान्ह पूर्वाञ्चल दैनिकको कार्यालयमा रहेको ०२३५४१००२ नम्वरमा सम्पर्क गर्दै सुवेदीले वेवारिसे मानिसको विषयमा जानकारी गराएपछि पूर्वाञ्चलकर्मी त्यहाँ पुग्दा वाक क्षमता नभएका ती ब्यक्ति सांकेतिक भाषमा आफू बिरामी भएको र आफ्नो घर पश्चिम तर्फ देखाउँदै पु¥याईदिन सबैलाई आग्रह गर्दै थिए ।
तर,उनको कुरा कसैले पनि नवुझ्दा समस्यामाथि समस्या थपिएको थियो । वाक क्षमता नभएका ब्यक्ति फेला परेको जानकारी पाए लगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई आफैं त्यहाँ पुगेका थिए । उनको उद्दारको पहलका लागि मातहतमा कुरा गर्ने भन्दै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराए । सञ्चारकर्मीले समेत इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाई सो विषयमा जानकारी गराएपछि उनले दुई जना प्रहरी वृद्ध रहेको ठाउँमा पठाएका थिए ।
केही समयपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको पहलमा उनको उद्धार भएको छ । उनलाई बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा पठाइएको छ ।
यस अघि ति वद्धको स्थानीय रामबहादुर बोहोरा , गोपाल सुवेदी र इन्द्रकला गौतमले उनलाई सहारा दिएका थिए ।
मान्छेको बाँच्न पाउने अधिकारलाई संविधानमा नै सुरक्षित गरिएको छ । तर मानिस फेला परेको २४ घण्टा अघि जानकारी गराउदाँ पनि प्रहरीले भने बाहिर बाहिरै बुझेर फर्किने काम गरेर मानवीयता नदेखाएको भन्दै स्थान्ीयले प्रहरी प्रति आक्रोश पाखे ।


