

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ्लाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि मनाङ्गेलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत कास्कीले बिहीबार मनाङ्गेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सांसद मनाङ्गेले सार्वजनिक स्थगलमा झापड हानेपछि एन्फा अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
Views: 377


