Aamsanchar

धरानमा कोरोना भाइरस संक्रमणको आशंका, बिरामीलाई काठमाडौं पठाइयो

Author Image
शुक्रवार, माघ १७, २०७६

धरान :  ज्वरोको उपचार गराउन अस्पताल पुगेका एक बिरामीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस संक्रमण आशंका गरेको छ। कोरोना भाइरसको संक्रमणको आशंकापछि ती बिरामीलाई थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरिएको छ।

केही दिनअघि मात्र दक्षिण कोरियाबाट धरान आएका धरान–११ का ३८ वर्षीय मोहनकुमार लिम्बुलाई १०३ डिग्री ज्वरो आएको र घाँटी दुखेको थियो। उनी उपचारका लागि प्रतिष्ठानमा पुगेका थिए।

कोरोना भाइरस संक्रमण हुँदा हुने केही लक्षण मिलेका कारण उनलाई टेकु पठाइएको प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले बताए। प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा ज्ञानेन्द्र मल्लले बिरामी कोरियामै रहँदा पनि त्यहाँ केही व्यक्तिमा कोरोना भाइरस भएको थाहा पाएको बताएपछि उनलाई तत्काल टेकु रिफर गरिएको बताए।

प्रतिष्ठानमा र्‍यापिड रेस्पोन्स टिम गठन
प्रतिष्ठानले बिहीबार नै कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनकालागि एवं संक्रमित भेटिए उपचार गर्न डेस्कसहितको कोरोना भाइरस र्‍यापिड रेस्पोन्स टिम गठन गरेको थियो। अस्पताल निर्देशक प्राडा गौरिशंकर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ।

टिममा सहायक अस्पताल निर्देशक डा विकास साह, आकस्मिक विभागका प्रा डा ज्ञानेन्द्र मल्ल, एनेस्थेसिया विभागका प्रा डा कृष्ण पोखरेल, माइक्रोबायोलोजी विभागका एडिस्नल प्रोफेशर डा नारायण भट्टराई, कम्यूनिटि मेडिसिन विभागका एसोसिएट प्रोफेशर डा विजयकुमार खनाल, नाक कान घांटीका एसोसिएसट प्रोफेशर डा दीपक पौडेल, बालरोग विभागका एसिस्टेन्ट प्रोफेसर डा मुकेश भट्ट, स्त्री तथा प्रसुती विभागका एसिस्टेन्ट प्रोफेशसर डा मनोज साह, इन्टर्नल मेडिसिन विभागका एसिस्टेन्ट प्रोफेशर डा रोशन क्षेत्री, पल्मोनोलोजी विभागका एडिस्नल प्रोफेशर डा दिव्यराज मिश्र र अस्पताल प्रशासन महाशाखाका सुपरभाइजर कमला लिम्बु रहेका छन्।

प्रतिष्ठानमा नोवल कोरोना भइरस संक्रमण भए नभएको पत्ता लगाउने प्रविधि नभएकाले स्वास्थ्य मन्त्रालयमातहतको इमिडिमियोलोजी विभागमा किट र आवश्यक उपकरण र उपचारमा संलग्न चिकित्सकले लगाउने विषेश प्रकारको ड्रेस पनि माग गरेको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहका अनुसार संक्रमित फेला परेमा उनीहरुको उपचारकालागि कम्तीमा ६ वटा शैयाको आइसोलेशन कक्ष ट्रपिकल वार्डमा बनाउने तयारी भइरहेको छ। चीनको बुहानबाट एक पछि अर्को गर्दैै विभिन्न मुलुकमा सरेको कोरोना भइरसले सवैलाई आतंकित बनाइरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत विश्व भरका सवै अस्पताललाई सजग रहन आग्रह गरेपछि प्रतिष्ठानले डेस्क सहितको ¥यापिड रेस्पोन्स टिम गठन गरेको प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐयरले बताए।

प्रतिष्ठानले सवै विभागमा सर्कुलर गर्दै कोरोना भाइरस संक्रमित बिरामी उपचारकालागि प्रतिष्ठानमा आउन सक्ने भएकाले सवै चिकित्सक, नर्सहरु र प्राविधिकलाई सजगताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर