Aamsanchar

गच्छदार विरुद्ध ९ करोड ६५ लाख विगो, दश वर्ष कैद दाबी

Author Image
बिहिवार, माघ २३, २०७६

काठमान्डौं : अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ ।

अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई पूर्व मन्त्री र पूर्व सचिवहरु छन् । अख्तियारले पूर्व उपप्रधानमन्त्री गच्छदार, मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनाको आरोपमा मुद्दा खेप्ने गच्छदार नेपाली कांग्रेसका उपसभापति पनि हुन् । उनी विरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो दाबी गरिएको छ । उनी विरुद्धको अभियोग प्रमाणित भएको अवस्थामा गच्छदारले तीन वर्षदेखि दश वर्षसम्म कारागार बस्नुपर्ने हुन्छ । अख्तीयारले भ्रष्ट्राचार निवारण सम्बन्धी ऐन २०५९ को दफा ८ को उपदफा १ र सोही ऐनको दफा ३ को उपदफा १ र सोही उपदफाको ९झ० बमोजिम सजाय माग गरेको छ

Views: 236

प्रतिक्रिया (०)