Aamsanchar

भोलिबाट घरबाट बाहिर निस्कन नपाईने, सबै गाडी बन्द

Author Image
सोमवार, चैत १०, २०७६

काठमाडौ । नागरिक सुरक्षाको लागि भन्दै सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि बन्द गर्ने तयारी सरकारले गरेको छ ।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर