Aamsanchar

समाचार प्रभाव : १५ परिवारले पाए राहत

Author Image
बिहिवार, चैत २७, २०७६

चारपाने ।  झापाको बिर्तामोड–२, चारपानेमा रहेको डोनिका संक्रिट उद्योगमा कार्यरत मजदुरहरुलाई बिर्तामोड–२ घाग्रा टोलका युवा उपिन कार्कीले राहत विरण गरेका छन ।

कार्कीले उद्योगको कटेरोमा बस्ने १५ परिवारलाई हप्ता दिन सम्म पुग्ने चामल, दाल, तेल र साबुन उपलब्ध गराएका छन, उनले छुटेका १ परिवारलाई पनि राहत उपलब्ध गराएको मजदुर हरुले बताएका छन ।
कार्कीले बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला संग समन्वयन गरेर राहत वितरण गरेका थिए ।

बुधबार आमसंचार डटकमले लकडाउनका कारण १५ परिवार खाद्य संकटमा भन्ने शिर्षकमा समाचार सम्प्रेसण गरेपछि मनकारी युवा उपिनले आफू केही सहयोग गर्ने भनेका थिए । सोही अनुसार उनले आज ति मजदुर परिवारलाई सहयोग गरेर समाज प्रति आफ्नो उत्तरदायित्व प्रकट गरेक छन।

यो पनि पढनुहोस् ।

लकडाउनका कारण १५ परिवार खाद्य संकटमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर