Aamsanchar

नक्कली आर्मी राजकुमार राउत कारागार चलान

Author Image
शनिवार, वैशाख ६, २०७७

बिर्तामोड । नेपाली सेनाको मान्छे हुँ भन्दै प्रदेश १ का विभिन्न जिल्लामा किरानाका व्यवसायीलाई ठगि गर्दे हिड्ने राजकुमार राउत कारागार चलान भएका छन् ।

ठगिमा परेका व्यापारीको पायक पर्ने आर्मी ब्यारेकमा मेसको काम गर्छु भन्दै उनले लाखौं रुपैयाँ ठगि गरेको प्रमाणका आधारमा झापा प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको थियो राउतलाई गएको चैत्र ७ गते इलाका प्रहरी कार्यलयमा सार्वजनिक गरिएको थियो । मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै पसलेहरुलाई प्रलोभनमा पारी विभिन्न ठाउँमा अलगअलग नाम भन्दै रकम ठगी गर्दै आएका थिए ।

सप्तरीको साविक दौलतपुर गाउँविकास समिति. वडा नं. १ बाट बसाईसराई गरी जिल्ला झापा भद्रपुर नगरपालिका हाल वडा नं. १० मिलनचौकमा बस्तै आएका ४६ बर्षे राउतले झापा चारआलीका डाक बहादुर राई लगायत धुलावारी, बिर्तामोड र भद्रपुर समेत गरी १० जनालाई जम्मा ५७ लाख ८६ हजार ठगी गरेको भनि जाहेरी परेको थियो ।

उनलाई झापा जिल्ला अदालतले शुक्रवार ६२ लाख ५० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउ नसकेपछि कारागार चलान भएको झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । राउतले पूर्वी पहाडका जिल्ला सहित पश्चिममा मोरङ्ग, सुनसरी, उदयपुर लगायतका बिभिन्न जिल्लाका व्यापारीलाई समेत ठगि गरेका छन् । व्यापारी लोभमा पर्दा नक्कली आर्मीले लाखौं ठगि गर्न सफल भएका थिए ।

यो पनि पढनुहोस् ।

लोभले लाभ लाभले विलाप, सस्तोमा सामान दिन्छु भनेर ठगीगर्दै हिड्ने राउत प्रहरी फन्दामा

 

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर