Aamsanchar

ताप्लेजुङमा आगलागीका कारण ७ घर ध्वस्त

Author Image
शनिवार, वैशाख २०, २०७७

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ७ वटा घर जलेर ध्वस्त भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । ती घरमा ११ वटा पसल रहेका थिए ।

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए । दमकलबाट पटकपटक पानी ओसारेर लगाइएको थियो । गए राति भट्टराई होटल एन्ड लजबाट आगलागी सुरु भएको थियो ।

जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्ण रुपमा जलेको छ । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो नियन्त्रणमा आएको थियो । निरौलाको पाँच तले घरको आधा भाग जलेको छ । जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन् ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर