विराटनगर। कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको उदयपुर सहित तीन स्थानमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनाको स्वास्थ्य टोलीलाई खटाइएको छ ।
उदयपुरमा पाँच सय जनाको स्वास्थ्य परक्षिण गर्न सेना परिचालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालगन्ज र वीरगन्जमा पनि एक, एक हजार स्थानीयको स्वास्थ्य परीक्षण गर्न सेना परिचालन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जोखिम देखिएका ती जिल्लामा थप परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनालाई खटाइएको बताए । यस्तै, हालसम्म देशभर १४ हजार ५०९ जनाको ‘पीसीआर’ र ५४ हजार ९३ मा ‘आरडीटी’ परीक्षण गरिएको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 254