Aamsanchar

जंगली च्याउ खाँदा बिरामी भएका १२ जना मध्ये १ को मृत्य

Author Image
शुक्रवार, वैशाख २६, २०७७

संखुवासभा । सभापोखरी गाउँपालिका वडा नं. २ मा जंगली च्याउ खाँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका वडा नं २ का २४ बर्षिया मनिला राईको जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा मृत्यु भएको हो ।

जंगली च्याउ खाएर बिरामी भएकी मनिलाको शुक्रबार बिहान उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको सभापोखरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष डिक प्रसाद सुबेदीले जानकारी दिए ।

जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि बैशाख २३ मा विराटनगर रेफर गरेको थियो । च्याउ खाएर बिरामी परेपछि मनिला बैशाख २१ मा जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् ।

जिल्ला अस्पताल खाँदबारीमा सोहि गाउँका जंगली च्याउ खाएर विरामी भएका १२ जनामध्ये १० जना उपचार पछि घर फर्किएको जिल्ला अस्पताल संखुवासभाका सुचनाअधिकारी शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा उपचार हुन नसकेका कारण शुक्रबार २३ बर्षिय अनिता राईलाई पनि रेफरगरिएको छ ।

Views: 242

प्रतिक्रिया (०)