Aamsanchar

मास्कको प्रयोगले संक्रमण फैलिन रोकिए पनि यसले थप चुनौती बढाउने

Author Image
मङ्गलवार, जेठ ६, २०७७

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न अहिले विश्व लकडाउनमा छ । यससँगै संक्रमण रोक्न फेस मास्कको प्रयोगलाई जोड दिइएको छ ।

तर विशेषज्ञहरुले फेस मास्कको प्रयोगले संक्रमण फैलिन रोकिए पनि यसले थप चुनौती बढाउने बताएका छन् । उनीहरुका अनुसार फेस मास्कका कारण स्वस्थमा साइड इफेक्ट पनि पर्दछ । स्वास्थकर्मीहरुका अनुसार मास्क लगाई राख्दा छालामा रातो निशान आउने, रैसेज उत्पन्न हुने तथा चिलाउने समस्या आउनसक्छ ।

कोरोनाको कारण मानिसमा ठूलो मानसिक असर परिरहेको सबैमा विदितै छ । यसबीच एउटा अंग्रेजी वेबसाइटमा प्रकाशित रिपोर्टमा मनोवैज्ञानिक डेबिड अब्राहमका अनुसार अधिकांश मानिसहरुले मास्कलाई डरको प्रतिक मान्छन् । मास्क लगाउने मानिसहरुसँग कतिपाय मानिसहरु डराउने तथा उनीहरुको सम्पर्कमा आउँदा असहज महसुस गर्ने गर्छन् ।

अपराध नियन्त्रणका लागि नीजि तथा सार्वजनिक स्थलमा सीसी क्यामेरा राख्ने गरिन्छ । तर जब मानिसहरुले अहिलेको अवस्थामा मास्कको प्रयोग गर्ने हुँदा अपराधीलाई पहिचान गर्न सीसी टिभीलाई पनि अप्ठ्यारो भएको छ ।

यस्तै बैंक तथा विभिन्न संवेदनशिल क्षेत्रमा प्रवेश गर्दा मास्क प्रतिबन्धित हुन्छ तर यो महामारीको घडीमा मास्क अनिवार्य हुँदा त्यस्ता क्षेत्रमा पनि सुरक्षा जोखिम बढेको विज्ञहरु चिन्तित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर