

चारपाने । झापामा एकको लागि एक अभियानले अघस सारेको पिसिआर ल्याव स्थापनार्थ आज पनि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन ।

बिहिबार बिर्तामोड स्थित उद्योग बाणिज्य संघको सभाहलमा झापाका दुई संस्थाहरुले ५१ हजार रकम अभियानमा जम्मा गराएर अभियानको साझेदारी संस्था पनि बनेका छन ।
यसरी रकम उपलब्ध गराउने संस्थाहरुमा मेची उद्योग बाणिज्य संघ धुलाबारी र भन्सार एजेण्ट संघ मेचीनगर रहेका छन । ति संस्थाहरुले २५ हजार ५ सयका दरले रकम उपलब्ध गराएका हुन ।

सरकारले सिमित श्रोतसाधन मात्र प्रयोग गर्दा झापाली जनताहरुको कोरोना परिक्षणको नतिजा आउन धेरैदिन लाग्ने गरेको आगामी दिनमा अझ संक्रमण फैलिदै गयो भने परिक्षण प्रणाली झन सुस्त हुने भएकोले नागरिक चिन्तित बनेको अबस्थालाई मध्येनजर गरेर अभियानले अन्य संस्था र निकाय संगको साझेदारीमा पिसिआर ल्याब झापामा स्थापना गर्न गृहकार्य भईरहेको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिएका छन ।
नगद हस्तान्तण कार्यक्रममा मेची उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष ऋषीराज तिम्सिना, सचिव रबि नेपाल, कार्यालय प्रमुख गोपाल बस्नेतको उपस्थिती रहेको थियो । त्यस्तै भन्सार एजेण्ट संघको तर्फबाट अध्यक्ष मोहन निरौलाको उपस्थिती रहेको थियो ।
अभियानको तर्फबाट सहसंयोजक साझेदारी संस्था झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले रकम ग्रहण गरेका थिए ।
रकम ग्रहण गर्दै सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।
कार्यक्रमको सहजकिरण अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।


