Aamsanchar

कोरोना भय र त्रासको बीच अर्जुनधाराको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

Author Image
बुधवार, असार १०, २०७७

कार्यक्रम स्थलमा प्रवेश गर्नु अघि ज्वरो नाम गराउदै नगर प्रमुख हरीकुमार राना ।

अर्जुनधारा । कोरोनाको त्रास र भए उच्च छ बाँच र बचाउँको अवस्था छ । यस विसम परिस्थितीको बिच पनि स्थानिय निकाय हरुले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक र कार्यनयन गर्नु पर्ने बाध्यता रहेकेछ । यस्तै समस्याको बिच झापाको अर्जुनधारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमलाई औपचारिक रुपमा सार्वजनिक गरेको ।

नगरको सालबाडी सामुदायिक वनको कार्यलयमा आयोजना गरेको कार्यक्रममा विगतको बर्ष भन्दा फरक तरिका र दृष्य देखिएको थियो । कार्यक्रम स्थलमा प्रवेश गर्नु अघि अनिवार्य रुपमा ज्वरोनाप गर्नु पर्ने, हातमा सेनिटाईजर लगाउनु पर्ने, कडा नियम लागु गरिएको थियो । त्यसमा नगर प्रमुख कार्यकारी लगायत सहभागी सबैलाई ज्वारोनाप गरिएको थियो । स्वास्थ्यका न्युनतम मापदंडको पालना गराउदै अर्जुनधारा नगरपालिकाले नगर सभा सम्पन्न गरेको छ ।

कार्यक्रम स्थलमा प्रवेश गर्नु अघि ज्वरो नाम गराउदै नगरका प्रमुख कार्यकारी अधिकृत पंकज भुर्तेल ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं १ का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सातौं नगर सभामा उपप्रमुख एवम् योजना तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ताबाहेक अनुमानित ७९ करोड ६३ लाख ४१ हजार बराबरको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी छिन् ।प्रस्तुत गरिएको बजेटमध्ये आन्तरिक आयबाट पाँच करोड ५० लाख, नेपाल सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदानबाट २४ करोड ५५ लाख, वित्तिय समानीकरणबाट १६ करोड ७४ लाख, विशेष अनुदानबाट दुई करोड र समपुरक अनुदानबाट ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदानबाट एक करोड, वित्तिय समानीकरणबाट ७७ लाख ४१ हजार, विशेष अनुदानबाट दुई करोड र समपुरक अनुदानबाट एक करोड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सासंद वृर्ख प्रधान ।

त्यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँड अन्र्तगत मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट दश करोड २० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड अन्र्तगत प्राकृतिक स्रोत बाँडफाँडबाट चार करोड, यातायात कर बाँडफाँडबाट एक करोड २६ लाख र घरजग्गा रजिष्ट्रेशनबाट तीन करोड, विभिन्न साझेदारी निकायहरु अन्र्तगत सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल पर्यटन बोर्डबाट २५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट ५० लाख, खेलकुद मन्त्रालय वा अन्र्तगत निकायबाट ६० लाख र तराई मधेस सम्वृद्धि कार्यक्रमबाट ६२ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दुई करोड ३४ लाख, निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दुई करोड ११ लाख र स्थानिय तह क्षमता विकास कार्यक्रमबाट चार लाख प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल ।

त्यस्तै चालु आर्थिक वर्ष ०७६र०७७को लागि एक अर्ब पाँच लाख ९० हजार बराबरको बजेट प्रक्षेपण गरिएकोमा आन्तरिक आय, राजश्व बाँडफाँड र संघीय अनुदान अपेक्षितरुपमा प्राप्त हुन नसकेको कारण उक्त बजेटमा संशोधन गरि सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड नौ लाख ७३ हजार रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।सोही आर्थिक वर्षमा स्वीकृत भएका ६२ वटा नगरस्तरिय योजनामध्ये ११ वटा र तीन सय ४१ वटा वडास्तरिय योजनामध्ये २३० वटा सम्पन्न भएको नगर तथा वडास्तरिय योजनाहरुको भौतिक प्रगति ७०।९६ प्रतिशत रहेको छ ।उक्त नीति तथा कार्यक्रम स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएअनुसार आगामी आर्थिक वर्ष ०७७र०७८ अर्जुनधारा नगरपालिकाले बुधबार नगर सभामा पेश गरेको हो ।उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)