Aamsanchar

रोटरी क्लब भद्रपुरको नयाँ कार्यसमिती गठन, अध्यक्षमा पराजुली चयन

Author Image
आइतवार, असार १४, २०७७

भद्रपुर । रोटरी क्लब अफ भद्रपुरको  अन्तिम क्लब एसेम्ब्ली सम्पन्न भएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम कायमै रहेको वर्तमान अवस्थामा भिडभाड नगरी भौतिक दुरी कायम राखेर एसेम्ब्ली सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा सम्पन्न एसेम्ब्लीलेबाट बर्ष २०२०÷०२१ को कार्यसमिति गठन भएकोे छ । नवगठित समितिमा अध्यक्ष पदको जिम्मेवारी युवा उद्यमी आदित्य पराजुलीले प्राप्त गरेका छन । यसैगरी, कार्यसमितिमा टिकाराज ढकाल इमिडियट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पोखरेल प्रेसिडेन्ट नोमिनि, ईश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहनेछन् भने डाइरेक्टर क्लब एडमिनिष्ट्रेशनमा लोकबन्धु ढुङ्गाना, डाइरेक्टर मेम्बर सीपमा राजकुमार पोखरेल, पब्लिक रिलेसन डाइरेक्टरमा प्रदीप सरावगी चयन भएका छन ।

त्यसैगरी रोटरी फाउन्डेसन चेयरमा विनोद चापागाईं, सर्भिस प्रोजेक्ट चेयरमा किशोर पराजुली र सरजेन्ट एन्ड आम्र्सको भूमिकामा दीपेश ढकाल रहने बताइएको छ ।

एसेक्ब्लीमा सन् २०१९र०२० मा क्लबले गरेका सामाजिक क्रियाकलापको समीक्षा गरिएको थियो भने यस वर्ष गरिने कामका बारेमा छलफल भएको छ सन् २०२०र०२१ का सेक्रेटरी ईश्वर अधिकारीले जानकारी दिए । परिस्थिति अनुकुल भएपछी रोटरीको अन्तर्राष्ट्रिय विधान अनुसार पद हस्तान्तरण समारोह गरिने पनि अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर