अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ ।
नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा बुधवार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७÷०७८का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरमा आज शुक्रबार बसेको नगरसभाको बैठकले संसोधन सहित पारित गरेको हो ।
नगरले समाजिक सुरक्षा भत्ता बाहेक ७९ करोड ६३ लाख ४१ ह्जार रुपैयाँ बजेट छुट्याएको छ । साथै आज बसेको नगरसभाको बैठकले स्थानीय सरकार संचालन विधेयक २०४७ को परिच्छेद ९ को अधिनमा रहि आर्थिक वर्ष २०७७/७८ का लागि अर्थ सम्बन्धिको बिधयेक पनि प्रस्तुत गरेको छ । प्रस्तावलाई कार्यान्यन गर्नको निम्ति स्थानीय कर तथा संकलन गर्ने,छुट दिने तथा आय संकलनको प्रशासनिक व्यावस्था गर्ने बिषयमा नगरसभाले बिधयेक पेश समेत गरेको छ । यसमाथिको छलफल अगामी बस्ने नगरसभाको बैठकले गर्ने नगरपालिकाका सुचना अधिकारी डेनजनी आचार्य जनाकारी दिएका छन ।